काठमाडौं । युवा निर्देशक देवेन्द्र पाण्डेद्वारा निर्देशित फिल्म ‘भिलेन’को ट्रेलर रिलिज भएको छ ।
कपिल खत्रीद्वारा निर्माण गरिएको ‘भिलेन’ एक्सन प्रधान फिल्म हो । तराई र पहाडको प्रेम कथालाई समेटिएको ‘भिलेन’मा निखिल उप्रेतीको विशेष अभिनय रहेको छ । ट्रेलर र पोस्ट साहिल खानले बनाएका हुन ।
पुस २७ गते रिलिज हुने तयारीमा रहेको ‘भिलेन’का निर्माताहरू कपिल खत्री र बलबहादुर श्रेष्ठ ‘शीतल’ हुन । सहनिर्माता राजकुमार श्रेष्ठ रहेका छन । ‘भिलेन’मा साउथ इण्डियन फिल्मको प्रभाव परेको छ ।
‘भिलेन’मा निखिल उप्रेती, निशा अधिकारी, कपिल खत्री, शिल्पा पोखरेललगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन । द्वन्द्व निर्देशन सुरजराज शाहले गरेका छन ।















प्रतिक्रिया