१० कार्तिक २०८३, मंगलबार

नेकपाको प्रस्तावनाबाट साम्यवाद गायब

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेकपाको स्थायी समिति बैठकको पहिलो दिन (२९ मंसिर)मा विधानको प्रस्तावनाबाट कम्युनिस्ट पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद राखेर साम्यवाद हटाइएको भन्दै वेदुराम भुसालले गम्भीर प्रश्न उठाए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महासचिव विष्णु पौडेलले मात्र यस्तो काम गर्ने भन्दै सातौं महाधिवेशनपछि विधान प्रकाशन गर्दा पनि उनकै संलग्नतामा त्यस्तो काम भएको वरिष्ठ नेता माधव नेपालले शनिबारको बैठकमा रहस्योद्घाटन गरे । विधानमा स्थायी समितिको अधिकार कटौती, प्रस्तावनाबाट हटाइएको अधिकतम लक्ष्यको विषयलाई नेपाल र झलनाथ खनालले चर्को विरोध गरेका छन् ।

जनताको जनवाद कि समाजवादउन्मुख ?

विधानमा मात्र होइन, एकीकरणपछिको राजनीतिक प्रतिवेदन अहिलेसम्म प्रकाशन नगरेर छलछाम गरिएको, त्यहीकारण कार्यकर्ताहरूमा अन्योल छाएको विषय धेरै नेताले उठाए ।

नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, मणी थापालगायतले सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको परिप्रेक्ष्यमा राजनीतिक प्रतिवेदनमा भनिएको जनताको जनवाद कसरी तात्कालीक कार्यक्रम हुन्छ भन्दै प्रश्न उठाएका छन् । उनीहरूसहित केही नेताहरूले न्यूनतम कार्यक्रम पछाडि फर्किने गरी दस्ताबेजमा राखिएको आरोप लगाएका छन् ।