१० कार्तिक २०८३, मंगलबार

प्रहरी र सेनासहित तीन सयभन्दा बढीमाथि छानबिन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । घटनाको अनुसन्धानमा कुनै कमी नगरिएको प्रहरी अधिकारीहरू बताउँछन् । शंकास्पद तीन सयभन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बढी शंका भएका २४ जनाको डिएनए परीक्षणसमेत भएको छ । जसमा तत्कालीन एसपी दिल्लीराज विष्टदेखि स्थानीय ब्यारेकका सैनिकसमेत छन् । प्राविधक अनुसन्धानको क्रममा हजारौँ व्यक्तिको कल डिटेल र एसएमएससमेत हेरिएको छ ।

एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा केही प्रहरीलाई सेवाबाट बर्खास्त र केहीलाई फौजदारी मुद्दा दायर हुने भएको छ ।

सो समितिले १८ जना प्रहरीलाई दोषी औँल्याएको थियो । यसअघि नै सेवाबाट बर्खास्त गरिएका एसपी दिल्लीराज विष्ट, इन्स्पेक्टर जगदीश भट्टसहित डिएसपीहरू अंगुर जिसी, ज्ञानबहादुर सेटी, इन्स्पेक्टरहरू एकेन्द्र खड्का र गणेश सापकोटालाई कारबाही सिफारिस गरिएको छ ।

सईहरू रामसिंह धामी, वासुदेव अवस्थी, हरसिंह धामी र डिकरदेव पन्त तथा हवल्दारहरू धर्मसिंह भाट, धर्मेन्द्र सिंह विष्ट र दीपक विष्टमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । पाँच जवानलाई पनि कारबाही सिफारिस गरिएको छ ।

जवानहरू चाँदनी साउद, लालबहादुर विष्ट, माधव खत्री, सुरेन्द्रसिंह कुँवर र शुभराज महतरामाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

जसमध्ये प्रमाण नष्टमा संलग्न र दिलीपसिंह विष्टविरुद्ध नक्कली प्रमाण बनाउने प्रहरीविरुद्ध मुद्दा दायर हुन सक्ने स्रोत बताउँछ । प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भइसकेको छ ।