
काठमाडौं, ७ पुष । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स भिड्दै छन् ।
टियु क्रिकेट मैदानमा यी दुवै टोली दिउँसो साढे बाह्र बजेदखि आमनेसामने हुन लागेका हुन् । शनिबारको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ ।
साबिकको उपविजेता समेत रहेको भैरहवा शरद भेषावकरको कप्तानीमा रहेको छ भने ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिँदैछ ।
काठमाडौंले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई हराउँदै उपाधि नजिक पुगेको हो भने ललितपुरले पनि आफ्नो क्वालिफायरको खेलमा काठमाडौंलाई नै पराजित गरेको थियो ।
लिग चरणको खेलमा भैरहवा ललितपुरसँग पराजित भएको छ । त्यसकारण पनि ललितपुरको मनोबल दह्रो देखिन्छ भने भैरहवा सोही हारको बदला लिने दाउमा छ ।















प्रतिक्रिया