विमल योगी
काठमाडौं, ७ पुस । रेडियो नेपालबाट प्रसारण हुने नाटकबाट चर्चित बनेका वरिष्ठ अभिनेता सुरवीर पण्डित अहिले पनि व्यस्त छन । टेलिसिरियल, फिल्म, म्युजिक भिडियो आदिमा उनको अभिनय हेर्न सकिन्छ । कलाकारिता उनका लागि मन्दिर सरह नै छ ।
अभिनय गरे वापत तत्काल पारिश्रमिक पाउनुपर्छ भन्ने मान्यता उनको छ । ‘मजदुरी गरेपछि त्यसको पारिश्रमिक पाउनुपर्छ । पारिश्रमिकको पसिना सुक्नु अगाडि पाउनुपर्छ’, उनी भन्छन, ‘फिल्म क्षेत्रमा टिकिरहने हो भने निर्माताहरूले कलाकार र प्राविधिकहरूलाई मजदुरीको पारिश्रमिक समयमा दिनुपर्छ । मजदुरलाई मार्नु हुँदैन ।’ ‘मरेर अर्को जुनी भयो भने पनि म मेरो पारिश्रमिक लिन भुल्ने छैन’, पण्डितले भने, ‘कसैले दिनुपर्ने पारिश्रमिक दिन्छ भने मरेर अर्को जुनी हुँदा पनि म लिन तयार हुनेछु ।’
‘काम गरेपछि पारिश्रमिक लिने अधिकार मभित्र सुरक्षित छ’, उनले भने । कलाकारको पारिश्रमिक रोक्न नहुने उनको भनाइ छ ।
वरिष्ठ अभिनेता पण्डितको घर परिवारमा कोही पनि कलाकारिता क्षेत्रमा लागेका छैन । घर परिवारमा उनी कलाकारितामा अपवाद हुन । ‘मेरो परिवारमा कोही पनि कलाकार थिएन । छैनन’, उनले भने, ‘जुत्ता फटाउँदै कलाकार बने । रोल माग्न हिँड्थे । त्यति खेर अफर आउँदा भगवान भेटिए जस्तो लाग्थ्यो ।’ अहिले भने पण्डितलाई अभिनय गर्न रोल माग्न हिँडनु पर्दैन ।
उनले आफनो कलाकारितामा विविधता नरहेको बताउँछन । भन्छन, ‘समय अनुसार फरक अभिनय गरियो होला । तर मेरो अभियनमा विविधता छैन ।’ पण्डितले जस्तो पनि रोल गर्न सक्छन ।
‘रेडियोमा काम गर्ने बेला मेरो उमेर जवान थियो । अहिले अधवैँशे रुपमा छु’, उनले भने, ‘रेडियोमा काम गर्न गाह्रो छ । फिल्ममा अभिनय गरे जस्तो रेडियोमा हुँदैन ।’
रेडियोमा स्वरले नै सबै कुरा बुझाउन सक्नुपर्छ । उनी भन्छन, ‘रेडियोमा स्वरले खाना खाएको, रिसाएको, रोएको सबै बुझाउन सक्नुपर्छ’, पण्डितले भने, ‘फिल्ममा हाउभाउले दर्शकलाई देखाउन र सम्झाउन सकिन्छ ।’ रेडियोमा भन्दा फिल्म र टेलिफिल्महरूमा काम गर्न अलिक सजिलो हुने उनको भनाइ छ ।
वरिष्ठ अभिनेता पण्डितले लोकमणि सापकोटालाई अहिले पनि सम्झन्छन । सापकोटाले नै पण्डितलाई कलाकारितामा लाग्ने अवसर दिएका थिए । त्यसपछि पण्डितले कलाक्षेत्रमा निरन्ता दिए । ‘तीन उल्लु’ नामक नाटकमा पण्डितले एउटा उल्लुको भूमिका निभाएका थिए । हरिप्रसाद रिमालको त्यो नाटकमा खेलेपछि उनको अभिनय यात्रा जारी रह्यो । अभियन गर्ने बेला पण्डितको उमेर १८ वर्षको थियो ।
अभिनय गरेपछि पैसा नपाएर ठगिएको धेरै उदाहरण उनीसँग छ । ‘म कडा रुपमा कहिल्यै पनि प्रस्तुत हुन सकिन’, उनले भनेका छन, ‘आफूलाई ठगेको टिमसँग पुनः काम गरेको अनुभव पण्डितसँग छ । कलियुग हो । अलस मान्छे खोज्नु पनि मुर्खता हो ।’
वरिष्ठ अभिनेताहरू हरिहर शर्मा, नीर शाह, शिव श्रेष्ठ, मिथिला, गौरी मल्ल, शुभद्रा अधिकारी, शान्ति मास्के आदिलाई उनले अत्यन्तै सम्मानका साथ नाम लिन्छन । उनीहरूसँग काम गर्दा आफू अन्तयन्तै प्रफुल्लित भएको बताउँछन ।
वरिष्ठ अभिनेता पण्डितलाई कमेडी विद्या केही गाह्रो लाग्दो रहेछ । ‘कमेडी गर्न अलिक गाह्रो हुँदो रहेछ’, उनी भन्छन, ‘मलाई भावुक विधामा सुहाएको लाग्छ ।’ उनले आफूलाई गम्भीर प्रकृति, पारिवारिक आदिमा अभिनय गर्न मन पर्ने गरेको बताए । उनले आफैले गरेका कमेडीबाट सन्तुष्ट छैनन ।
तितो सत्य, संगालो जस्ता टेलिसियलका अभियन पण्डितले अहिले पनि स्मरण गर्छन । ती सिरियलबाट हास्यब्यङ गरेको उनको भनाइ छ । ‘माहोल यस्तो भयो कि म पनि कमेडीमा सहभागी हुनै प¥यो । दीपक गिरी, दमन रुपाखेती, जितु नेपाललगायतसँग काम गर्दा पनि आफूले रमाइलो गरेको बताए । ‘म हास्यब्यङग्य कलाकार होइन । प्रभावमा परेर काम गरेको हुँ’, उनले भने, ‘म कलाकार बन्न कोसिस गर्ने कलाकार हुँ ।’ अहिले पनि अभिनय सिक्दै गरेको उनी बताउँछन । आफूलाई अहिले पनि सानै कलाकारका रुपमा देखाउन चाहन्छन उनी ।
बुबाआमा, दुई छोरी, छोरा र पत्नीले साथ दिएको उनको भनाइ छ । छोराछोरीलाई अभिनयमा ल्याउने विचार उनीमा धेरै छैन । ‘छोराछोरीहरूले पहिला पढ्नुपर्छ । पढेर आफ्नो अनुकूलको काम गर्ने छुट उनीहरूलाई नै छ’, पण्डितले भने, ‘छोराछोरीले मलाई मरिमेट्नु पर्दैन भन्छन । कलाकारिता गर्नुपर्ने आवश्यक्ता छैन भन्छन ।’ उनीहरूकै सल्लाहमा आजकाल पण्डितले राम्रो रोलमा मात्रै काम गर्ने गर्छन । पण्डितले छानेर असल व्यक्तिहरू टिमसँग मात्रै आजकाल काम गर्न थालेका छन ।
३०–३२ वर्षदेखि अभिनय गर्दै आएका पण्डितलाई आफैले फिल्म बनाउने रहर छ । पण्डितले तत्काल फिल्म बनाउने योजना नरहेको बताए । उनले फिल्म बनाउने विषय जोक नरहेको बताउँछन । ‘फिल्म बनाएपछि दश जनामा आठजनाले धाप मार्ने खालको फिल्म बनाउने हो’, उनले भने ।
वरिष्ठ अभिनेता पण्डितलाई युवतीहरूले प्रेम प्रस्ताव राखेको स्मरण छ । तर, उनी भन्छन, ‘मायाप्रेम के हो थाहा भएन । तर एक–दुईजनाले मायाप्रेमको प्रस्ताव गर्नु भएको थियो । जोकको रुपमा भन्नुभयो कि के भन्नुभयो ! जोकको रुपमा भन्नु भयो होला जस्तो लाग्छ ।’
पण्डितले पछिल्लो समय ‘प्रेमनाथ’ फिल्ममा अभिनय गरेका छन । उनले यो फिल्मलाई हलसम्म आएर हेरिदिन अनुरोध गरे । उनले अहिले पनि धर्मकर्ममा विश्वास गर्छन । रातो ढुंगोलाई दायाँ पारेर जानुपर्ने उनको अनुभव छ । ‘रातो ढुंगालाई पूजा गर्नुपर्ने । ढुंगालाई पूजा गर्न भुल्दा ला अब के बिर्गन्छ भन्ने जस्तो लाग्थ्यो’, उनले भने, ‘मेरो सोँच अहिले ढोग्दैमा वा मन्दिरमा पूजा गर्दैमा भक्त हुँदैन । धर्म भने सहयोग गर्नु पनि हो । सहयोग गर्न सकिँदैन भने दुःख नदिने मेरो सिद्धान्त छ ।’
पण्डितलाई राजनीतिले पनि छोएको रहेछ । दोस्रो संविधानसभामा माओवादीलाई समर्थन गरेका थिए उनले । त्यहाँ धेरै कलाकार साथी भएका कारण माओवादीमा प्रवेश गरेको उनले बताए ।
















प्रतिक्रिया