काठमाडौं, ७ पुस । नेकपाको बैठकमा नेताहरूले दुईतिहाइको कम्युनिस्ट सरकार बनिसकेपछि पनि नेतृत्व भ्रष्ट, पुँजीपति र दलालको चंगुलबाट मुक्त हुन नसकेको दृष्टान्तसमेत प्रस्तुत गर्दै आलोचना गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘दुईतिहाइको कम्युनिस्टको सरकार आइसकेपछि त भ्रष्ट्राचारी र दलालहरू त थरथर काम्नुपर्ने हो । अब सकिने भयौँ भन्ने लाग्नुपर्ने हो, व्यवहारमा भ्रष्टाचारीमाथि धमाधम कारबाही हुनुपथ्र्यो, तर अहिले भ्रष्ट्राचारी र पुँजीपतिहरूले नै सरकारलाई प्रयोग गरेजस्तो देखियो, भ्रष्टाचार नियन्त्रण देखिएन,’ श्रेष्ठको भनाइ थियो ।
उनले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको सन्देश गएको भन्दै पहिला विरोध गरेर २५ दिनपछि डा. गोविन्द केसीको आन्दोलनमा सम्झौता गरी आफ्नै गल्ती स्वीकार गरेको सन्देश प्रवाह भएको पनि बताए ।
उनले विधानको अस्पष्टता, राजनीतिक प्रतिवेदन छपाई र बाँकी सांगठनिक एकीकरणको टुंगो नलगाएसम्म बैठकबाट अध्यक्षसहित कोही पनि उठ्न नपाउने भन्दै खबरदारी पनि गरेका थिए ।















प्रतिक्रिया