काठमाडौं, ७ पुस । नेकपाको स्थायी समिति बैठकमा पूर्वमाओवादी समूहका नेता श्रेष्ठ र मणि थापाले नेकपाले अन्तरिमकालका लागि अघि सारेको न्यूनतम राजनीतिक कार्यक्रम–जनताको जनवाद समाजवादको दिशाबाट पछाडि फर्किने कार्यक्रम भएको टिप्पणी गर्दै तत्काल सच्याउन माग गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘जनताको जनवादको न्यूनतम कार्यक्रम सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्ति कालमा भनिएको हो । तर, सामन्तवाद विरोधी पुँजीवादी, जनवादी क्रान्ति आधारभूत रूपमा पूरा भइसकेको एमालेको नवौँ र माओवादीको हेटौँडा महाधिवेशनले नै भनिसकेकाले अबको कार्यक्रम समाजवादउन्मुख अघि सारिएको हो,’ पालैपालो बोल्ने क्रममा श्रेष्ठ र थापाको भनाइ थियो, ‘संविधानले समेत समाजवादउन्मुख भनिसकेपछि फेरि जनताको जनवादलाई न्युनतम कार्यक्रम भन्नु ठीक छैन, महाधिवेशनअघि नै अधिकतम र न्यूनतम कार्यक्रम छुट्याउने बेला नै होइन । जनताको जनवादलाई न्यूनतम कार्यक्रम बनाउनु पछाडि फर्किनु हो ।’















प्रतिक्रिया