५ कार्तिक २०८३, बिहिबार

नेपाल आइडल सिजन २ को फाइनल आज

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । नेपाल आइडलको दोस्रो संस्करणको फाइनल आज  हुँदैछ । साँझ ६ बजे ललितपुरमा हुने अन्तिम प्रतिस्पर्धाबाट मुलुकले नयाँ आइडल पाउनेछ । फाइनलमा रवि ओड, अस्मिता अधिकारी, विक्रम बराल र सुमित पाठक प्रतिस्पर्धी रहेका छन ।

नेपाल आइडलको दोस्रो संस्करण विजेताले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगदमध्ये एक छनोट गर्न पाउनेछन् ।

साउन २४ गतेबाट सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणका प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशक एलिन श्रेष्ठ र लोकेश वज्राचार्य हुन् । निर्णायकका रूपमा न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन् ।