
काठमाडौं, ६ पुस । नेपाली कांग्रेसमा पदाधिकारी संख्या थपिने भएको छ । सह–महामन्त्रीको संख्या ७ पुराउने सहमति नेतृत्वले गरेका छन् । यसलाई केन्द्रीय समितिमा पारित गराएर महासमिति बैठकमा लगिने छ ।
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ र्पुयाउने सहमति गरेका छन् ।
दुईजना उपसभापति, दुई जना महामन्त्री र ७ सह–महामन्त्री हुने प्रस्तावसहित विधान परिवर्तनको तयारी भएको छ । सबैलाई कोषाध्यक्षले निर्वाचित गराउनुपर्ने हुन्छ ।
यसअघि उपसभापति, महामन्त्री र सह–महामन्त्री २–२ जना बनाउने प्रस्ताव सभापति देउवाले लगेका थिए । त्यसको विरोध भएको थियो ।
उता, पदाधिकारी संख्या बढाउने विषयमा नेता शेखर कोइरालाले विरोध गरेका छन् । उनले महाधिवेशनबाट पदाधिकारी थप्नुपर्ने विषय उठाउँदै आएका छन् । तर, देउवा विधान पारित गराएर पदाधिकारी थप्ने मनसायमा छन् । यसो भए, कोइरालाले नोट अफ डिसेन्ट लेख्ने बताइसकेका छन् ।















प्रतिक्रिया