४ कार्तिक २०८३, बुधबार

देउवा शैली बन्यो ट्रोल– तपाई चुप लाग्नुस् !

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा विधानका विषयमा रस्साकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाको शैली र थेगोको व्यापक चर्चा हुन थालेको छ ।

उनले सभापतिको ‘पावर प्ले’ गर्न थालेका छन् । एक उपसभापति र एक महामन्त्री मनोनितको प्रस्ताव गरेका देउवाले महासमिति पनि आफू अनुकुलका निर्णयमा टुंगो लगाउने तयारी गरेका हुन् ।

उनले गरेको प्रस्ताव नै विरोधीहरूका लागि ‘तपाई चुुप लाग्नुुस्’ भन्ने शैलीमा आएको ठट्यौली चल्न थालेको छ । देउवाइतरका नेता र महासमिति सदस्यले यसलाई बैठक ‘ट्रोल’ बनाएका छन् ।

केही समय महाधिवेशनको मिति लम्ब्याउनका लागि देउवाको फरक प्रस्ताव आएको भन्दै नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलालगायतले विरोध गरेका थिए । त्यसबेला पनि देउवाको जवाफ थियो– ए बाबा ! तपाई चुप लाग्नुस् न !

त्यसो त बीबीसी साझा सबालमा रन्किएका कारणले नै देउवा ट्रोल बनिसकेका थिए । उनले एक प्रश्नकर्तालाई पनि भनेका थिए– तपाई चुप लाग्नुस् !

यतिमात्र होइन, महासमिति बैठकका केही भिडियोमा देउवाको गज्जबका संवाद र शैली पनि सार्वजनिक गरिएका थिए । जुन सामाजिक सञ्जालमा ट्रोल भए । देउवा त्यहाँ पनि भनिरहेका छन्– एक प्रकाशशरण महत ! ए प्रकाशशरण महत !!

शेखर आक्रामक
केन्द्रीय सदस्य शेखर कोइराला महासमितिमा सभापति देउवाले गरेको नयाँ प्रस्तावको आक्रामक विरोधमा उत्रिएका छन् ।

उनले विधान संशोधन नगरी यही कार्यसमितिको अवधि थप्ने चर्चा आफुले सुनेको बताए । त्यसको कडा प्रतिवाद गरेका कोइरालाले समयमा नै महाधिवेशन हुनुपर्ने र पदाधिकारी थप्ने विषय मान्य नहुने अडान राखेका छन् ।

कोइराला पक्षधरका महासमिति सदस्यहरूले एक उपसभापतिसहित महामन्त्री थप्ने विषयमा सहमति गर्न नसकिने बताएका हुन् । देउवाले एकता प्रक्रियामा आएका नेता विजयकुमार गच्छादारका लागि उपसभापति र महामन्त्रीको पद दिने तयारी गरेका हुन् ।

गच्छादार स्वतः उपसभापतिमा मनोनित भइसकेका छन् भने उनका अर्का नेतालाई महामन्त्री बनाउने तयारीका लागि देउवाको प्रस्ताव परेको हो । जसको तिव्र आलोचना भएका कारण सहमति जुटाउन मुस्किल भएको छ ।