काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात वर्षअघिको आफ्नै फैसला उल्टाएर दुइजनालाई सफाई दिएको छ ।
न्यायाधीशहरू शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर मएकामध्ये दुईजनालाई बिहीबार सफाई दिएको हो ।
सफाई पाउनेमा कृषि विकास बैंकका तत्कालीन कर्मचारीद्वय मीनबहादुर जिसी र गोविन्दप्रसाद जोशी छन् । नागरिक दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया