काठमाडौं, ६ पुस । मंगलबार कांग्रेसको महासमिति बैठकमा माइक खोसाखोस भयो। नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा.प्रकाशरण महतले माइक खोसेपछि बैठक स्थगित भएको थियो।
महासमिति बैठक सुरु भएको चार दिनसम्म पनि पार्टीको विधान पेस नभएको भन्दै सभापति केसीले आपत्ति जनाएपछि महतले माइक खोसेका थिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
उदयपुरका महासमिति सदस्य रामबहादुर खड्काले सभापति देउवाको राजनीनामा माग गरे। मंगलबारको बैठकमा पार्टीका शीर्ष नेताले विधानमा सहमति नगरे पार्टीलाई विशेष महाधिवेशनमा लानसमेत माग गरे।
घोषित कार्यक्रमअनुसार बुधवार महासमिति सकिनुपर्थ्यो। तर, विधान मस्यौदा नै पेस हुन नसकेका कारण महासमिति बैठक शुक्रबार सकिनेमासमेत अन्योलता बढेको छ।
विधान मस्यौदा पेस गर्न भइरहेको ढिलाइका कारण महासमिति अस्तव्यस्त बनेको हो। पहिलो दिनमै बन्दसत्रमा बोल्न ५ सय ४२ जनाले टिपाएको नाममध्ये बिहीबारसम्म २ सय मात्र सहभागी भएका छन्।
शुक्रबारसम्म लम्बिएको महासमिति बैठक अझै लम्बिने देखिएको छ। उता प्रवक्ता विश्वप्रकाश शर्माले भने शुक्रबार अपराह्नसम्म सक्ने योजना रहेको बताएका छन्।















प्रतिक्रिया