१० कार्तिक २०८३, मंगलबार

कस्ता छन् प्रहरीमाथि लागेको आरोप ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ ।

एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही सुरु भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एआइजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सइ, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो । छानबिन समितिले १८ जना प्रहरीकै गल्ती प्रस्ट रूपमा औँल्याएको छ । सोही आधारमा प्रहरीको कानुन शाखाले कारबाही प्रक्रिया अघि बढाएको हो ।

कारबाहीको सिफारिस गरेकामध्ये एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सरकारले प्रहरी सेवाबाट हटाउने निर्णय गरिसकेको छ । त्यस्तै, डिएसपी ज्ञानबहादुर सेठीले अनिवार्य अवकाश पाइसकेका छन् ।

डिएसपी अंगुर जिसी, गणेश सापकोटा, सइहरू रामसिंह धामी, वासुदेव अवस्थीलगायतमाथि कारबाही सुरु भएको स्रोत बताउँछ ।

सिआइबीबाट खटिएका डिएसपी जिसी र उनको टिममाथि पर्याप्त प्रमाण नहुँदै दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको र अपराध कबोल गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सइ अवस्थीले विष्टको सर्ट च्यातेर घटनास्थलमा लगी नक्कली प्रमाण बनाएको छानबिनमा खुलेको छ ।

छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरी सुझाबहरूलाई कार्यान्वयन अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।

घटनास्थलमा तालिमप्राप्त प्रहरी नगएका कारण घटनास्थलको घेराबन्दी हुन नसकेको, निर्मलाका कपडा बरामद नभएको, अम्बालाई सबुतका रूपमा संकलन नगरेको उल्लेख छ ।

घटनास्थलमा कुकुर प्रयोग गर्न सक्ने अवस्था हुँदा त्यसतर्फ चासो नदिएकोसमेत छानबिनमा औँल्याइएको छ । प्रक्रिया पूूरा नगरी घटनास्थलको जाँच गरेको, अनुसन्धानमा चेन अफ कस्टडी अवलम्बन नगरेको उल्लेख छ ।