
काठमाडौं, ५ पुष । भैरहवा ग्लाडीयटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेको छ । बिहिबार भएको दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवाले उपाधि यात्रा तय गरेको हो ।
टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०१ रनको लक्ष्य भैरहवाले १७ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।
भैरहवाको जितमा रायन टेन डोसकाटेले ४५ रन बनाए भने रबी इन्द्रर सिंहले ३१ रन बनाए । काठमाडौंका संसद शेखले २ तथा प्रदीप साहुले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभरमा खेल्दै १०० रनमा समेटिएको थियो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे । यस्तै काठमाडौंका प्रदिप साहुले २५ रन तथा अमित श्रेष्ठले १३ रन बनाए । भैरहवाका कुशल मल्लले ३ विकेट तथा मोहमद नाभिदले २ विकेट लिए ।
भैरहवाले उपाधिका लागि अब शनिबार ललितपुर प्याट्रियट्ससँग खेल्ने छ । ललितपुर पनि काठमाडौंलाई नै हराएर फाइनलमा पुगेको हो ।















प्रतिक्रिया