४ कार्तिक २०८३, बुधबार

नवलपुरमा यात्रुबस पल्टियो, २० जना घाइते

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती। ५ पुस । नवलपुरमा आज फेरि यात्रुबाहक बस दुर्घटनामा परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कावासोती नगरपालिका–१४ झिनकिभणरिआ खोलामा बिहान साढे ८ बजेतिर बस पल्टिदा २० जना घाइते भएका छन् ।

केहि यात्रुलाई बसले च्यापेकाले उनिहरुलाई निकाल्ने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक युवराज भण्डारीले जानकारी दिए ।

काकटभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बसलाई ना ७ ख ३४४६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ना ४ ख ७०४६ नम्बरको बस सडकबाट करिब २५ मिटर तल खसेर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइतेहरुको कावासोतीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये १ जनालाई चितवनको भरतपुर पठाइएको छ ।

मंगलबार पनि नवलपुरको मध्यविन्दुमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । त्यो बस पनि सडक छेउमा पल्टिएको थियो ।