४ कार्तिक २०८३, बुधबार

धुम्बाराहीमा नेकपाको बैठक, राजनीतिक प्रतिवेदनमाथि टिप्पणी हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको तेस्रो बैठक बिहीबार पनि बस्दै छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा अहिले केही समयपछि शुरु हुने बैठकमा स्थायी समिति सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्नेछन ।

राजनीतिक प्रतिवेदनमाथि नेताहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक सकिन अझै केही दिन लाग्ने भएको छ ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।

बिहीबार बाँकी सदस्यहरुले बोल्ने क्रम चल्नेछ । गएको शनिबारदेखि जारी ४५ सदस्यीय स्थायी कमिटी बैठकमा अहिलेसम्म २८ जनाले आफ्नो विचार प्रस्तुत गरेका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ भने सरकार तथा पार्टी सञ्चालनका अरु विषयमा पनि नेताहरुले बोलिरहेका छन् ।