
काठमाडौं, ४ पुष । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत जारी इलिमिनेटरमो खेलमा चितवन टाइगर्सले भैरहवा ग्लाडीयटर्स सामु १ सय ४० रनको लक्ष्य पेस गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन बनाएको हो । चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ५६ रनको अर्धशतकीय पारी खेले । भैरहवाका मोहमद नाभिदले ३ तथा अविनाश बोहराले २ विकेट लिए ।
भैरहवाले अहिले केहिबेरपछि ब्याटिङ गर्दैछ ।
बुधबारको विजेताले दोस्रो क्वालिफायरमा क्वालिफायरमा काठमाडौं किङस इलाभेनसँग खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।















प्रतिक्रिया