१० कार्तिक २०८३, मंगलबार

अमेरिकीहरू ६ महिना बस्न पाउने, भिसा नलाग्नेको रकम फिर्ता गर्न मानेन अमेरिका

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । हाल नेपालमा कुनै पनि देशको पर्यटक एक वर्षमा बढीमा पाँच महिना मात्र बस्न पाउँछन् ।

तर, भिसा पारस्पारिकतापछि अमेरिकी नागरिकहरू भने ६ महिनासम्म बस्न पाउँछन् । अमेरिकाले पनि पर्यटक भिसामा एक वर्षमा ६ महिना बस्न दिने सहमति जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यस्तै, पारस्पारिकतापछि नेपाल आउने अमेरिकी पर्यटकले ६ महिना बस्दा एक सय ६० डलर तिरे पुग्छ । अहिलेको अवस्थामा अमेरिकी पर्यटकले १५ दिनको २५ डलर, एक महिनाको ४० डलर तथा ९० दिनको सय डलर तिर्नुपर्ने व्यवस्था छ ।

त्यसभन्दा धेरै बस्न चाहे प्रतिदिन २ डलर र मल्टिइन्ट्री भिसा लिएको भए थप २० डलर तिर्नुपर्ने हुन्छ । भिसा पारस्पारिकतापछि लामो समय नेपाल बस्ने अमेरिकीलाई फाइदा हुन्छ ।

एक वर्षमा झन्डै एक लाख नेपालीले भिसाका लागि अमेरिकी दूतावासमा आवेदन दिने गरेका छन् । त्यसमध्ये करिब १५ प्रतिशतको मात्र भिसा लाग्ने गरेको छ ।

भिसा नलागेको अवस्थामा पनि दूतावासले शुल्क फिर्ता दिने गरेको छैन । भिसा नलागे शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गृह र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले गरेका थिए । तर, अमेरिकी प्रतिनिधि सबै शुल्क फिर्ता गर्न नमानेको गृहका एक अधिकारीले बताए ।

अमेरिकाले विश्वका सबै देशसँग भिसा पारस्पारिकताको निर्णय गरिसकेको छ । जसअनुसार गैरपर्यटक भिसामा यसअघि नै नेपालसँग पनि पारस्पारिकता भइसकेको छ । पर्यटक भिसामा पनि पारस्पारिकता हुन लागेको हो ।