३१ आश्विन २०८३, शनिबार

सामाजिक सञ्जाल कम्पनीहरु डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन् ।

ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि आएको हो ।

उनले भने, “फेसबुक, ट्वीटर र गुगल ‘डेमोक्रेटिक’ को पक्षमा देखिएका प्रष्ट भएको छ जुन निन्दनीय छ ।” समाचार संस्था एएफपीले भनेको छ, उनले वास्तवमा ट्वीटरले जनतालाई अमेरिकी राष्ट्रपति ट्रम्पसँग जोडिन धेरै समस्या बनेको बताए । उनले भने, उनीहरूले धेरै मेरो समर्थकका धेरै नामहरूलाई हटाइदिएका छन् र तह र गतिको वृद्धिलाई निकै नै ढिला पारिदिएका छन् ।” –एजेन्सी