४ कार्तिक २०८३, बुधबार

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृतद्वारा सञ्चारकर्मीसँग छलफल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, ३ पुस । कतारको वार्षिक दोहा सम्मेलनमा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत, अकबर अल बकरले, मिडियासँग एयरलाइनको तीव्र विस्तार योजना सम्बन्धी छलफल गरेका छन् ।

एयरलाइनले २३ नयाँ गन्तव्यहरुसम्मको सेवा सुरुवात गरिसकेको छ र विश्वका थप यात्रुहरुसँग जोडिन नयाँ मार्ग थप्ने आफ्नो महत्वपूर्ण विस्तार कार्यक्रम गरिरहेको छ ।

‘अन्य वायु सेवाहरुको तुलनामा हाम्रा विभिन्न प्रकारका विमानहरुको उपयोग नै कतार एयरवेजका लागि निकै लाभदायक रहेको छ’, कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बकरले भने, ‘हाम्रा प्रतिद्वन्द्वीहरुको ध्यानमा नरहेका धेरै मार्गहरु हामीले पहिचान गरिसकेका छौँ र आगामी नयाँ वर्षको सुरुवातसँगै हाम्रो तीव्र विस्तार कार्यक्रम जारी राख्ने योजना बनाएका छौँ ।’

कतार एयरवेजले हालसम्म आफ्नो सर्वोत्कृष्ट माध्यम हमाद अन्तर्राष्ट्रिय विमानस्थलमार्फत संसारका १६० भन्दा धेरै गन्तव्यहरुका लागि २०० भन्दा बढी अत्याधुनिक विमान सञ्चालनमा ल्याएको छ ।