४ कार्तिक २०८३, बुधबार

ईपीएल : काठमाडौंलाई १ विकेटले हराउँदै फाइनलमा पुग्यो ललितपुर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुष । ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ललितपुरले काठमाडौं किङस इलाभेनमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०९ रनको लक्ष्य पूरा गर्न ललितपुरलाई ९ विकेट गुमाउनु पर्यो भने अन्तिम बलसम्म कुर्नुपरेको थियो । खेलको अन्तिम बलमा ललितपुरका योगेन्द्र कार्कीले २ रन लिएर लक्ष्य पूरा गरे । उनले अन्तिम ४ बलमा लगातार २ रन लिएर टिमलाई जित दिलाएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोड्न सक्यो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वा्धिक ३२ रन जोडे । यस्तै सागर पुनले २९ रन जोड्दा सिदान्त लोहनी १६ रनमा आउट भए ।

काठमाडौंले भने अब फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्ने छ । बुधबार इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर भिड्दै छन् ।