५ कार्तिक २०८३, बिहिबार

विराट कोहली घमण्डी र अहँकारी खेलाडीः नसिरुद्दिन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता नसिरुद्दिन शाहले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको सामाजिक संजालमा कडा आलोचना गरेका छन् ।

केही समयअघि क्रिकेट खेलाडी कोहलीले क्रिकेटका एक फ्यानलाई भारत छोडेर जान भनेका थिए । विराटको यस किसिमका कुराले उनको निकै आलोचना पनि भएको थयो । अहिले अभिनेता नसिरुद्दिन शाहपनि विराटको बयानका कारण खुलेरै आलोचना गरेका छन् ।

नसिरुद्दिनले उनको फेसबुक अकाउन्टमा एक स्टाटस पोष्ट गरेका छन् । उनले लेखेका छन ‘विराट कोहली संसारकै उत्कृष्ट बल्लेबाज हुनुका साथै एक खराब व्यवहार भएका खेलाडी हुन् । उनको क्रिकेट खेल्ने क्षमता उनको अहंकार र खराब व्यवहारका अगाडि फिक्का भइदिन्छ । मलाई भारत छोडेर जाने कुनै चाहना छैन ।’

केही दिन अघि क्रिकेटर विराट कोहलीकोएक भिडियो सामाजिक संजालमा भाइल भएको थियो । जसमा विराट एक फ्यानलाई भारत छोडेर जाने सल्लाह दिइरहेका छन् । विराट कोहलीलाई एकजनाले आफूलाई विराट कोहली र भारतीय क्रिकेटरहरूभन्दा इङ्गल्याण्ड र अष्ट्रेलियन खेलाडीहरु राम्रो लाग्ने बताएपछि विराट भड्किएका थिए ।

विराट कोहलीको यस किसिमको बयान पछि उनले धेरै आलोचना भएको थियो । केही समय अघिको यस घटनाको मुद्दालाई अभिनेता नसिरुद्दिन शाहले एक पटक फेरि उठाएका छन् । नसिरुद्दिन शाहको यस स्टाटसमा केहीले समर्थन जनाएका छन् । तर धेरैजसो व्यक्तिहरु नसिरुद्दिन माथि नै खनिएका छन् । एजेन्सी