१० कार्तिक २०८३, मंगलबार

‘हङकङ लाहुरे’को छोरो सुकुलगुन्डा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । पछिल्लो समय बढ्दो सहरीकरणका कारण नेपालमा पनि लिभिङ टुकेदरले एक किसिमको जरो गाडेको छ ।

जसका कारण युवा भन्दा युवतीहरू बढी मारमा पदै गएका छन् । विभिन्न बहानामा सहरमा एक्लै बस्दै आएका युवतीलाई मायाको जालोमा फसाएर लिभिङ टुकेदरमा दुई चार महिना बस्ने र फरार हुने सुकुल गुण्डाका कारण सहर केन्द्रित युवतीहरूको बिचल्ली हुदै आएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

यस्ता घटनामा केही युवतीहरू न्यायको खोजीमा सबन्धित निकाय पुग्छन भने कोही पनि बदनाम हुने डरले गुपचुप नै रहन्छन् । यस्ता घटनाका दश प्रतिशत युवतीमात्र नाता कायम गरी पाँउ भन्दै अड्डा अदालत पुगेको पाईन्छ । यस्तै एक घटनाको पात्र बनेकी छिन् नानीमैयाँ (नाम परिवर्तन) ।

पाँच बर्षदेखि काठमाडौंमा बस्दै मोडलिङ क्षेत्रमा काम गर्दै आएकी मैयाको तीनन बर्ष अगाडी सिन्धुलीका कृष्ण गुरुङसँग भेट भयो । आफूलाई हङकङ लाहुरेको छोरोको नामले चिनाउने गुरुङले मैयालाई अनेक लोभ र प्रलोभनमा पारेर आफ्नो प्रेमिका बनाउन सफल भयो ।

चिनजान भएको केही समयमा नै जनिक हुन पुगेका उनीहरू लिभिङ टुकेदरका रुपमा रहन थाले । लाहुरेको छोरो भन्दै आफू बालुवाखानीको समेत मालिक भएको बताउने गुरुङले नानी मैयाँले जोहो गरेको अलि अलि पैसा समेत उडाईदिए । यतिसम्म गरेकी बालुवा खानीमा पैसा थप्नु प-यो भन्दै उनले चढ्दै आएकी स्कृटर समेत बेच्न लगाए ।

दिन बित्दै गयो नानी मैयाँलाई घरबाट बिहेको लागि दबाब आयो । उनले आफ्नो केटा भएको भन्दै उनैसँग बिहे गर्ने बताईन् । बिहेको लागि गुरुङ नानी मैयाको परिवारसँग भेटघाट गर्ने सहमती भयो ।

सहमतीअनुसार गुरुङ आफ्नो परिवार लिएर नानी मैयाको घरमा आए । जब गुरुङ घरमा आए तत्काल गुरुङको हैसियत छताछुल्ल भयो । गुरुङसँग बाबु बनेर जब न्यूरोडका व्यापारी नानी मैयाँको घरमा पुगे ।

ति व्यापरीलाई नानीमैयाँले पहिले देखिनै चिनेकी थिईन् । हङकङ लाहुरेको छोरो भन्दै बिगत दुई बर्षदेखि आफूसँग रिलेशनसिपमा बस्ने गुरुङ त सुकुल गुण्डा रहेछ । उनले तत्काल नै गुरुङको नाटक देखेर उनीसँग व्याहारिक रुपमा सबन्धबिच्छेद गरीन ।

उनीबिरुद्ध प्रहरीमा उजुरी पनि छ । पछि उसँग कुनै स्वार्थ नभएको कारण उनले गुरुङको चासो भने राखीनन् । तर अहिले गुरुङले आफूलाई बदनाम गर्दै हिडेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दर्ता गराएकी छिन् ।

गुरुङले आफ्ना र नानीमैयाँका साथी भाईलाई आफ्नो बारेमा गाली गलोज गर्दै आफ्नो बदनाम गर्दै चरित्र हत्या गरेको भन्दै साइबर क्राइममा मुद्दा दर्ता गराएकी छन् । मुद्दा दर्ता गराएपछि सुकुल गुण्डाका नाममा कहलिएका गुरुङले चलाखीपूर्ण तरीकाले अदालतबाट स्टेअडर लिएका छन् ।

बिगतमा नानीमैयासँग लिएको पैसा सबन्धमा दरार आएपछि बैंकबाट फिर्ता गरेको पैसालाई लिएर उनले स्टे अडर लिएका हुन् । नानीमैयासँग जोडिएको कुनै पनि बिषयलाई लिएर गुरुङलाई पक्राउ गर्ने गराउने काम नगर्नु भन्ने जिल्ला अदालत काठमाडौंको आदेशको कारण गुरुङ अपराधबाट बच्दै आएको अपराध महाशाखाका एक अधिकृतले बताए ।

उक्त स्टे अडर खारेज हुने बित्तिकै गुरुङलाई पक्राउ गरी आवश्यक कारवाही गरीने महाशाखाका ति अधिकृतले बताए । प्रहरीको रेकर्डमा गुरुङ गुण्डागर्दीमा समेत मुछिएका व्यक्ति हुन् ।

गुरुङले पाँच बर्ष अगाडी पशुपति बिकास कोषको बालुवाखानी संचालन गर्दै आएका गोठाटारका मिठाराम दाहललाई आक्रमणको योजना बनाएका थिए । योजना अन्र्तगत गुरुङले केही केटाहरूलाई दाहलमाथि आक्रमण गर्न पठाए ।

तर दाहल उक्त ठाँउमा नभेटिएपछि उनको कार्यालय र मोटरसाईकमा क्षति गरिएको थियो । बालुवाखानीबाट हप्ता नदिएपछि गुरुङले यो हर्कत अपनाएका थिए । पछि त्यसको बदला लिन गुरुङलाई दहालले उल्टै गुण्डाको प्रयोग गरेर चाबहिल बुलबुले स्थित भत्केको पुलमा हात काटिदिएका थिए ।

त्यहाँदेखि गुमनाम भएका गुरुङले आफूलाई हङकङको छोरो भन्दै युवतीलाई फसाउँदै उनिहरूको पैसामा मोजमस्ती गर्दै आएको उनलाई नजिकबाट चिन्नेहरू बताएका छन् । नानिमैयाँ पछि उनले एक फिल्म क्षेत्रकै चर्चीत युवतीको पनि जीवन वर्वाद पारेको पारेको बताइन्छ ।