१० कार्तिक २०८३, मंगलबार

मर्यादाक्रम नमिलेको सात प्रदेशका उपसभामुखको गुनासो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । सातवटै प्रदेशका उपसभामुखहरूले मर्यादाक्रमबारे असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षसहित सबै प्रदेशका उपसभामुखको सोमबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा उनीहरूले प्रदेशको प्रमुख सचिवभन्दा आफूहरूको मर्यादाक्रम पछाडि रहेको भन्दै गुनासो गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

हाल कायम रहेको मर्यादाक्रमअनुसार प्रदेश सभाका उपसभामुख १३औँ नम्बरमा छन् । तर, प्रदेशको प्रमुख सचिवलाई प्रदेश सभाका उपसभामुखभन्दा दुई तहअगाडि ११औँ नम्बरमा राखिएको छ ।

महिला उपसभामुखको अनुभव, भूमिका तथा मिडियाको पहुँचसम्बन्धी भएको छलफलमा प्रदेश सभाका उपसभामुखहरूले गतिशील राजनीतिमा रहनेलाई ‘उपसभामुख’ पद मूर्तिसरह हुने बताए ।