१० कार्तिक २०८३, मंगलबार

अनुसन्धानमा डिएनए रिपोर्ट पर्खंदै प्रहरी, प्रहरीकै पोलिग्राफ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नेतृत्वमा सो घटनाको अनुसन्धान भइरहेको छ । जसमध्ये महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई थुनामै राखेर अनुसन्धान भइरहेको छ ।

उनीहरूले आरोप स्वीकार गरेको र प्राविधिक अनुसन्धानमा पनि उनीहरूको संलग्नताको पर्याप्त आधार देखिएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अन्य आशंकित २० जनाको पनि डिएनए परीक्षण भइरहेको छ । शंकास्पद व्यक्तिहरूको डिएनए परीक्षण गरिएको र रिपोर्ट नआइकन यो अनुसन्धानका विषयमा केही भन्न नसकिने सिआइबीका डिआइजी निरज शाहीले बताए । प्रहरीले यसअघि नौजनाको डिएनए परीक्षण गरेको थियो । गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

समितिले घटनास्थलमा खटिएका तथा अनुसन्धानमा आबद्ध भएका सबै प्रहरीसँग बयान लिएको थियो । जसमध्ये केहीले ढाँटेको परीक्षणमा खुलेको थियो ।

केही प्रहरीले पोलिग्राफ परीक्षण गर्न मानेका थिएनन् । अनुसन्धानको क्रममा दबाब आएका कुरालाई समेत प्रतिवेदनमा पेस गरिएको एक सदस्यले बताए ।

डिएसपी अंगुर जिसी नेतृत्वको टोलीले स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

‘पृष्ठभूमिका आधारमा विष्ट अनुसन्धानका लागि पक्राउ गर्नेपर्ने व्यक्ति देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक अधिकारी भन्छन्, ‘तर, जसरी विस्तृत अनुसन्धान नगरी अभियुक्त भनेर सार्वजनिक गरियो, त्यो गम्भीर भुल थियो ।’

प्रतिवेदनअनुसार प्रहरीको कानुन शाखाले दोषी प्रहरीउपर कारबाही अघि बढाउनेछ । स्पष्टीकरण सोध्ने र जवाफ आएपछि विभागीय कारबाही गरिने एक अधिकारीले बताए ।

समितिमा डिआइजी निरज शाही, एसएसपी उत्तम सुवेदी, एसपी डा.गणेश रेग्मी, डिएसपी रमेश थापा, ज्ञानेन्द्र बस्नेत, सन्तोष आचार्य, दधिराम न्यौपाने, कौशल बुढाथोकी, इन्स्पेक्टर दीपक कार्की र सई सुमन थापा सदस्य थिए ।

त्यसअघि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।