
काठमाडौं, २ पुष । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायर प्रवेशका लागि काठमाडौं किङस इलाभेनले १ सय १ रनको लक्ष्य पाएको छ ।
सोमबार जारी लिग चरणको अन्तिम खेलमा विराटनगर वारिवर्सलेले काठमाडौं किङस इलाभेनलाई जितका लागि १०१ लक्ष्य पेश गरेको हो ।
टियु क्रिकेटमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्काको विराटनगरले १७ ओभर ५ बलमा १०० रनमा समेटियो । विराटनगरका सुमित महर्जनले सर्वाधिक २५ रन बनाए ।
१ सय १ रनको लक्ष्य लिएर काठमाडौं जितका लागि मैदान उत्रिने छ ।
सोमबारको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । यसै खेलबाट क्वालिफायर पुग्ने एक टोली र प्ले अफ पुग्ने एक टोलीको टुंगो लाग्नेछ । सोमबारको खेल जितेमा काठमाडौं क्वालिफएरमा पुग्ने छ भने हारेमा प्ले अफमा सिमित रहने छ ।
यस्तै विराटनगरलाई भने स्पष्ट जित चाहिएको छ । पराजित भएमा चितवन टाइगर्ससँग गणितीय आधारमा मात्र प्ले अफमा पुग्ने सम्भावना बाँकी रहने छ ।















प्रतिक्रिया