४ कार्तिक २०८३, बुधबार

नेपालमा ओपो आर १७ प्रो सार्वजनिक, फर्स्ट सेल मार्फत विक्रि शुभारम्भ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । कला र नयाँ प्रविधि समायोजित उत्पादन पस्कदै विश्वस्तरमै अग्रणी स्मार्टफोन ब्राण्डका रुपमा आफनो परिचय स्थापित गर्न सफल ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ ।

उपभोक्ताका दैनिक अवश्यकताको पूर्ति गर्ने सोचका साथ आर १७ प्रो नयाँ आकर्षक ग्राडियण्ट डिजाइन र नवप्रबर्तनात्मक प्रविधिको उत्कृष्ट समायोजनका रुपमा सार्वजनिक गरिएको हो । पाको, न्यूरोडमा आइतवार फस्र्ट सेल कार्यक्रमको आयोजना गर्दै कम्पनीले आधिकारिक रुपमा नेपालमा आर १७ प्रो को विक्रि आरम्भको घोषणा गरेको हो ।

स्क्रिनको ९१.५ प्रतिशत ओगट्ने १९.५ः९ एफएचडी + ६.४ ईञ्च स्क्रिन सहितको आर १७ प्रोमा वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । उपभोक्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभव दिने सोचका साथ कम्पनीले फोनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्य भागमा समायोजित गरेको छ ।

फोनको गति र कार्य क्षमतामा तीब्रताका लागि ८ जीबी र्‍याम+ १२८ जीबी रोम सहितको आर १७ प्रो, कोरनिङ गोरिल्लाग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो । कलर ओएस ५.२ मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न््यापड्र्यागन ७१० प्रोसेसरले शक्तिप्रदान गर्छ ।

मूल्य रु. ८९,९९० निर्धारण गरिएको ओपो आर १७ प्रो आइतबारदेखि देशभरका प्रमुखविक्रि केन्द्र मार्फत उपलब्ध गरिएका कम्पनीले जनाएको छ ।