५ कार्तिक २०८३, बिहिबार

उत्कृष्ट लयमा संगीतकार खातीले पाए पृथ्वी अवार्ड

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक एवम् संगीतकार नरेश खातीले छैटौं पृथ्वी राष्ट्रिय लोकदोहोरी अवार्ड २०७५ अन्तर्गतको सर्वोत्कृष्ट लयमा पुरस्कार पाएका छन् ।

काठमाडौंका कमलादीस्थित प्रज्ञाभवनमा शनिबार आयोजित विशेष कार्यक्रममा संगीतकार खातीले सर्वोत्कृष्ट लयमा अवार्ड हातपार्न सफल भएका हुन् । उनलाई यो अवार्ड ‘रुदै रुदै तिम्रो शहर…’ बोलको गीतबाट प्रदान गरिएको हो ।

पुरस्कारका लागि विभिन्न पाँच वटा गीतहरुले प्रतिस्पर्धा गरेका थिए । संगीतकारहरु रामु खड्का, सुरेशरमण अधिकारी, ऋषि खड्का र प्रसाद लामिछानेलाई उछिन्दै खातीले लयमा अवार्ड हात पारेका थिए ।

अवार्ड पाएपछि संगीतकार एवम् गायक खातीले शुभेच्छुक र भोटिङ गरेर सहयोग गर्नेहरुप्रति धन्यावाद ज्ञापन गरेका छन् । ‘मलाई अवार्डका लागि सहयोग गर्नुका साथै भोटिङ गरेर सहयोग गर्नुहुने शुभेच्छुकहरुलाई धन्यावाद छ’, संगीतकार खातीले भनेका छन्, ‘सबैको शुभेच्छुकले गर्दा नै मैले अवार्ड पाउन साफल भएको हुँ । यो गीतसँग जोडिनु भएका सम्पूर्णलाई पनि विशेष धन्यावाद छ ।’

‘रुदै रुदै तिम्रो शहर…’ बोलको गीतको शब्द र संगीत खाती आफैले दिएका हुन् । संगीतकार खातीले आफ्ना अग्रजहरु रमेश विजी र शिव हमाललाई पनि सम्झिएका छन् ।