१० कार्तिक २०८३, मंगलबार

महँगो हेलिकप्टर खरिदमा ‘काण्ड’ भएको आशंका

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २ पुस । सरकारले भीभीआईपी राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ ।

नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उक्त हेलिकप्टर सेनाको हवाई उड्डउन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौवीसै घण्टा तयारी अवस्थामा स्ट्यान्टबाई राखिनेछ ।

दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ ।

खरिद सम्झौताअनुसार आए नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयान निर्देशनालयले बुझेर आफ्ना अरु हेलिकप्टरसँगै राख्नेछ ।