१० कार्तिक २०८३, मंगलबार

विश्वको धनी सूचीमा परेका व्यक्ति कांग्रेसको महासमिति सदस्य

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार उद्योगपति विनोद चौधरी र अर्थविद् स्वर्णिम वाग्लेलाई महासमितिमा मनोनीत गरेका छन् ।

चौधरी कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद छन् । वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

वाग्ले महासमिति भेलामा पेश भएको आर्थिक नीति बनाउने समितिमा समेत सहभागी थिए । देउवाले अनिल रूंगटा, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ र सुरेन्द्र चौधरीलाई पनि महासमिति सदस्यमा मनोनित गरेका छन् ।

उद्योगी रूंगटा पर्साबाट निर्वाचित पूर्वसभासद् हुन् । दीपक अधिकारी सर्लाहीका कांग्रेस नेता हुन् भने नेविसंघका पूर्वनेता रहिसकेका छन् । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ सर्लाहीका नेपाली कांग्रेस नेता हुन् । पर्साका सुरेन्द्र चौधरी पूर्वमन्त्री हुन् ।