१० कार्तिक २०८३, मंगलबार

यता पनि उही, उता पनि उही

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । कन्सोर्टियमका पार्टनरसँग नेपाल एयरलाइन्सले सुरुमा बैंक ग्यारेन्टी दिन वा एलसी खोल्न प्रस्ताव राख्यो। सुरुदेखि पैसा तिर्नुपर्ने भएकाले त्यसको सुरक्षामा चासो राख्नु स्वाभाविक थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

जहाज बिक्रीको प्रस्ताव पार्ने एएआर इन्कका दीपक शर्माले ९ जुन २०१७ मा त्यसलाई इन्कार गर्दै पत्र लेखे। प्रबन्ध निर्देशक कंसाकारलाई लेखिएको पत्रमा भनिएको छ, ‘हामी कन्सोर्टिय (एएआर इन्टरनेसनल, जर्मन एभिएसन क्यापिटल र हाई फ्लाई ट्रान्सपोर्टे एरोइज) लेटर अफ क्रेटिड (एलसी) ढाँचामा जान अस्वीकार गर्छौं। जहाज खरिदमा बैंक ग्यारेन्टी प्रदान गर्न पनि सहमत छैनौं। बरु यस प्रयोजनमा आर्थिक कारोबारका लागि एस्क्रो एजेन्ट नियुक्त गर्न राजी छौं।’

एस्क्रो एजेन्ट आर्थिक कारोबार गर्ने तेस्रो पक्ष हो। खरिदकर्ता र बिक्रेताबीच कुनै बिन्दुमा बेइमानी हुन्छ कि भनेर तेस्रो पक्षले एजेन्टको काम गर्छ। लेनदेनको अन्तिम क्षणमा भुक्तानी गरिदिन्छ। त्यसबापत उसले निश्चित सेवा शुल्क पाउँछ। यो अन्तर्राष्ट्रिय स्तरमा प्रचलित र कानुनसम्मत विधि हो।

तर, त्यसमा खरिद–बिक्रीका कुनै पक्ष हुनु हुँदैन।

एकछिन हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेडको जन्मबारे चर्चा गरौं। नयाँ जहाज सोझै कम्पनीबाट किन्नुपर्ने कानुनी बाटो छल्न नेपाल एयरलाइन्सले हजार घण्टासम्म उडेको सेकेन्ड ह्यान्ड वाइड बडीका लागि सार्वजनिक प्रस्ताव आह्वान गर्‍यो। त्यसमा एएआरले सस्तो मूल्यमा नयाँ जहाज नै दिने प्रस्ताव हाल्यो। र, छानियो।

पछि आफूसँग जहाज नभएको भन्दै उसले कन्सोर्टियम पार्टनर जर्मन एभिएसन क्यापिटल र पोर्चुगलको हाई फ्लाई ट्रान्सपोर्टे एरोइजलाई देखायो। चौथो पक्ष हाई फ्लाई एयरलाइन्सका नाममा एयरबसमा जहाज बुक गरियो।

तीन देशमा भएका तीनथरी कम्पनीसँग कारोबार गर्न अप्ठ्यारो हुने भन्दै नेपाल एयरलाइन्सले खरिद प्रयोजनका लागि ‘स्पेसल पर्पोज कम्पनी’ खोल्न उनीहरूसँग प्रस्ताव राख्यो। त्यसैका लागि आयरल्यान्डमा एक युरोमा ‘हाई फ्लाई एक्स आयरल्यान्ड’ नामक कम्पनी खोलियो।

हाई फ्लाई एक्सका सञ्चालक को हुन् त ? हामीलाई चासो लाग्यो। कागजात खोज्दै जाँदा फेला पर्‍यो– एस्क्रो एजेन्ट बनेको नोर्टन रोज र कन्सोर्टियमका कम्पनी खुलेरै यो जालसाँजीमा लागेको रहेछन्।