काठमाडौं, २ मंसिर । नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए। एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म।’
‘तर, पच्चीस अर्बको सामान आफैंले बनाएको कम्पनीसँग किन्न र त्यही कागजलाई लालपुर्जा भन्न मिल्छ ?’ नेपाल एयरलाइन्सकै एक पदाधिकारी प्रश्न गर्छन्, ‘सम्झौता गर्ने कन्सोर्टियमका पार्टनरको हस्ताक्षर बिल अफ सेल नामक कागजमा किन राखिएन रु ’
नेपाल एयरलाइन्स र हाई फ्लाई एक्सबीच गरिएको जहाज खरिद सम्झौतामा बिल अफ सेलमा कन्सोर्टियका तीनवटै कम्पनीको पनि हस्ताक्षर हुने व्यवस्था राखिएको थियो। सम्झौताको पृष्ठ ३९ मा बिल अफ सेलको नमुना सामेल थियो। त्यसमा पाँचै कम्पनी लोगोसहित देखिन्थे। विमानसँग पठाइएको ‘बिल अफ सेल’ मा भने ती कम्पनी सरक्क हटेर हाई फ्लाई एक्सलाई मात्र हस्ताक्षर गराएका छन्।
त्यसैलाई ‘सक्कली’ बिल अफ सेल ठानेर भन्सार विभागले जहाजको भन्सार लिएको छ। नागरिक उड्डयन प्राधिकरणले स्वामित्वसहित दर्ता गरिदिएको छ।
‘दुवै जहाज किनिएका भनिएको छ। त्यसो भए कन्सोर्टियमका पार्टनरहरू हस्ताक्षर गर्नबाट किन भागे ? ’ ती पदाधिकारी सोध्छन्, ‘आफैंले बनाएको १ युरोको कम्पनीले आफैंलाई २५ अर्बको जहाज कसरी बेच्न सक्छ रु सादा कागजमा उसले बनाइदिएको कथित बिल अफ सेल के लालपुर्जा नै हो त ? अनि, त्यतिकै भरमा स्वामित्व ठानिदिने हाम्रा कस्ता अधिकारी हुन् ? दुवै जहाज हाई फ्लाई एक्सको नाममा अर्डर गरिएको थिएन। पोर्चुगलको हाई फ्लाई एयरलाइन्सले बुक गरेको थियो। यी दुई नितान्त फरक कम्पनी हुन्। हाई फ्लाई नाम मिलाएर झुक्याउन खोजिएको छ। एयरबसले आफ्नो वेब साइटमा अझै पनि २८ जुन २०१८ को यस्तो विज्ञप्ति राखेको छ, जसमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए३३० वाइड बडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर ९भाडामा लगाउने० हाई फ्लाईले भाडामा दिने दुइटामध्ये एउटा विमान हो।’
यसको अर्थ दुवै जहाज भाडामा हुन्, एउटाचाहिँ उक्त मितिमा बुझाइएको हो।















प्रतिक्रिया