
काठमाडौं, २९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका ‘पावर’ मानिने शक्ति गौचनले औपचारिक अन्तिम खेल खेलेका छन् । उनको जीवनमा शनिबार कीर्तिपुर मैदानमा भएको इपीएलको चितवन विरुद्धको खेल नै अन्तिम औपचारिक खेल बन्यो ।
पोखरा राईनोजबाट खेलेका उनी खेलको अन्तिम क्षणमा भने भावुक देखिए । उनलाई सबै खेलाडीले उभिएर ‘गार्ड अफ अनर’ दिएका थिए ।
शनिबारको खलमा पराजित भएसँगै ईपीएलबाट पोखरा बाहिरिएको हो ।
उनी एक सशक्त खेलाडी रहँदा नै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । १७ वर्ष नेपाली राष्ट्रिय टिमबाट उनी खेलेका हुन् ।















प्रतिक्रिया