
काठमाडौं २९ मंसिर । काठमाडौं किङ्स इलाभेन एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ । शनिबार भएको खेलमा भैरहवा ग्लाडीयटर्सलाई ७ विकेटले हराउँदै काठमाडौंले प्ले अफमा प्रवेश गरेको हो ।
टियु क्रिकेटमा मैदानमा शरद भेषावकरको भैरहवाले दिएको १ सय ५० रनको लक्ष्य सोमपाल कामीको काठमाडौंले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । काठमाडौंका लागि अमित श्रेष्ठले अर्धशतकीय इनिङस खेल्दै ५१ रन बनाए । केभिन ओ ब्राएन रनमा ३३ अविजित रहे ।
यस्तै शनिबारको खेलमा काठमाडौंबाट कप्तान रहेका रोहन मुस्तफाले ३६ रन जोड्दा सागर पुनले १३ रन बनाए । काठमाडौंका कप्तान सोमपाल चोटका कारण खेलेका छैनन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । भैरहवाका लागि भारतीय ब्याट्सम्यान रबी इन्दर सिंहले ८६ रनको राम्रो पारी खेलेपनि टिमको हार टार्न सकेनन् ।
शनिबारको जितसँगै काठमाडौं प्लेअफमा पुगेको छ भने भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ ।















प्रतिक्रिया