मुम्बई । बलिउड गायिका अल्का याग्निकले आफ्नो छोरीको लागि गीत गाएकी छन् ।
अल्काकी छोरी सायशा कपूरको १२ डिसेम्बरमा विवाह गरेकी छन् । सायशा लामो समयदेखिका प्रेमी अमित देसाईसँग विवाह बन्धनमा बाँधिइन् ।
रातो लेहेंगामा सजिएकी छोरी अनि आइवरी रंगको शेरवानीमा सजिएका ज्वाईको लागि अल्काले प्रस्तुति दिइन् । अल्काले सायशाको लागि भावुक गीत पनि गाएर सुनाइन् ।
भारतकी लोकप्रिय गायिकाकी छोरी भएपनि सायशाले गायन क्षेत्रलाई आफ्नो करियर बनाइनन्। उनले लण्डन स्कूल अफ मार्केटिङबाट एमबिए गरेकी हुन्।
उनले आमाले जस्तै गायन सम्बन्धी तालिम त लिइन् तर यसलाई निरन्तरता दिइनन्। अहिले उनी भारतको अंधेरीमा ‘विभोडा बिस्ट्रो’ रेष्टुरेन्टकी मालिक हुन् ।
उनका पिता शिलांग कपूर पनि बिजनेस म्यान हुन्। अलका र शिलांगको विवाह सन् १९८९ मा भएको थियो ।
२६ वर्षदेखि यी दुई छुट्टाछुट्टै बसेका थिए । उनीहरु झगडा परेर होइन, आफ्नो कामको कारणले छुट्टै बसेका हुन् ।
उनीहरु समझदारीमा नै छुट्टै बसेका हुन् । सायशा आमा अल्कासँग बस्छिन् । एजेन्सी















प्रतिक्रिया