१० कार्तिक २०८३, मंगलबार

पाँच महिनापछि आज नेकपाको स्थायी समिति बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पाँच महिनापछि शनिबार बस्दै छ ।

२१ असारपछि पहिलोपटक बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

२२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेताले बहिष्कार गरेपछि शनिबारका लागि स्थायी समिति बैठक बोलाएको थियो ।

चार नेता बाहिरिएपछि अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित सचिवालयको बहुमत सदस्यको बैठकले स्थायी समिति बैठकको मिति तय गरेको थियो ।

बोलाएको समयभन्दा आधा घन्टापछिसम्म पनि अध्यक्षहरू उपस्थित नभएपछि नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले २२ मंसिरको बैठक बहिष्कार गरेका थिए ।