१० कार्तिक २०८३, मंगलबार

बन्दसत्रमा सात समूहमा छलफल हुने, यस्तो छ कार्यतालिका

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको रजिस्ट्रेसन एवं स्वागतपछि शनिबार ११ बजे सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् ।

पुस १ देखि ३ सम्म बन्दसत्रमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव गरेर बैठक सकाउने तालिका छ । उद्घाटन कार्यक्रम दुई घन्टा १५ मिनेटमा सकाउने र त्यसको केहीबेरपछि बन्दसत्र सुरु हुने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महासमिति बैठकमा यसअघि कायम भएका २४० निर्वाचन क्षेत्रबाटै ५–५ जनाका दरले एक हजार दुई सय सहभागी हुनेछन् । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरू, १२औँ महाधिवेशनका केन्द्रीय सदस्यहरू रहनेछन् ।

यस्तै, भ्रातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ९७–९७ जनाको सहभागिता रहनेछ । महासमिति सदस्य हुन नसकेका २९ जिल्लाका सभापति पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन् । पार्टी एकता गरेको तत्कालीन लोकतान्त्रिक फोरमबाट पनि प्रतिनिधि सहभागी हुनेछन् ।

उद्घाटनपछि शनिबार नै सुरु हुने बन्दसत्रमा विधानमा पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुनेछ । सात प्रदेशका सात समूह बनाएर छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘सबैलाई हलमा बोल्न दिँदा बैठक लम्बिन्छ, यसकारण सात प्रदेशको सात समूह बनाएर बन्दसत्रमा छलफल गर्दै छौँ,’ शर्माले भने, ‘बैठकमा प्रस्तुत भएका विषयमाथि प्रदेशगत रूपमा गरिने छलफल झन् प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।’