४ कार्तिक २०८३, बुधबार

आइएमई इन्स्योरेन्सको शाखा कीर्तिपुर नयाँबजारमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे कीर्तिपुरमा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन शुक्रबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गरे ।

कार्यक्रममा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिति थियो । समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले बीमाको पहुच फराकिलो हुँदै गएकोले स्वस्थ्य प्रतिपर्धा मार्फत आफना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाव दिए । शाखा विस्तारसँगै गुणस्तरीय सेवाको लागि अनुभवी कर्मचारीहरुको संख्या वृद्धि गर्न समय सापेक्ष कर्मचारीहरुलाई प्रशिक्षित गर्न पनि सुझाए ।

छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाव दिए ।

कम्पनीका संचालक समितिका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको आज उद्घाटन भएको शाखा सहित ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए ।

ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउँदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्नेछ भनि जानकारी दिए । आगामी दिनमा अफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ट ग्राहकहरुको साथमा कम्पनी अगाडी बढ्नेछ भनि जानकारी गराए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १ अरब ५ करोड त्यसैगरी खुद नाफा २ करोड ६२ लाख आर्जन गर्न सफल भएको जानकारी दिए ।