१० कार्तिक २०८३, मंगलबार

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने, तयारी शुरु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ ।

तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

जियाङ जेमिनले सन् १९९६ को डिसेम्बरमा दुईदिने नेपाल भ्रमण गरेका थिए। २०१२ को जनवरीमा प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टाका लागि नेपाल आएका थिए। राष्ट्रपति हु जिन्ताओ दुई कार्यमालमा नेपाल आएनन्। राष्ट्रपति सि चिनफिङले पनि पहिलो कार्यकालमा नेपाल भ्रमण आवश्यक ठानेनन्।

नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको हो। संयन्त्र बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रसचिव शंकारदास बैरागी र चिनियाँ पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका उपमन्त्री (सचिवस्तर) खोङ सुआनयौले गरेका छन्। बैठकमा नेपालका लागि प्रस्तावित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन्।

सन् २०१९ मा चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने सम्भावनाका बारेमा उक्त बैठकमा छलफल भएको बताइएको छ। बैठक अघि परराष्ट्र सचिवले विदेशमन्त्री वाङ यीसँग चिनियाँ राज्य अतिथि गृह त्याउथाईमा शिष्टाचार भेटवार्ता गर्ने क्रममा पनि उच्चस्तरको भ्रमणबारे छलफल भएको थियो।