
काठमाडौँ, २७ मंसिर । नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमिटेडबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल पूर्व प्रहरी संगठनको धापासीस्थित सभा हलमा भएको सम्झौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गरे । कार्यक्रममा संगठन र बैंकबीच पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्बन्धि महत्वपूर्ण सम्झौता भएको थियो ।
पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत कोईरालाले कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकास हुने कुरा समेत बताए । साथै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नवराज सिलवालले यस्ता कार्यक्रमबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने बताए ।
हस्ताक्षर गर्नु पूर्वनै नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छ्रे बैंक लिमिटेडले बिर्तामोड, काठमाडौं, चितवन तथा दाङमा सरल कर्जा सम्बन्धि बैंकिङ साक्षरता कार्यक्रम संचालन गरिसकेकोमा बैंकले आगामी दिनमा देशका अन्य क्षेत्र तथा जिल्लाहरुमा समेत क्रमश संचालन गर्ने प्रतिबद्घता जनाएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १२६ स्थानबाट सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०७ वटा एटीएमहरु सञ्चालनमा छन् ।















प्रतिक्रिया