४ कार्तिक २०८३, बुधबार

सर्वाेच्चको भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर सिफारिस

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर ।  सर्वाेच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि  चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सर्वसम्मतरुपमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ गते अवका पाउँदैछन् । प्रधानन्यायाधीशका सिफारिस भएका राणाको नाम संसदीय समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिले अनुमोदन गर्नेछिन् ।