३ कार्तिक २०८३, मंगलबार

काभ्रेका व्यवासायीले सुर्खेतमा बाह्र करोड खर्चेर प्रादेशिक दुग्ध उद्योग निर्माण गर्दै

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २७ मङ्सिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले जानकारी दिनुभयो । “गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण शुरु गरिएकामा अब तीन महीनाभित्रै निर्माण पूरा गरी सञ्चालनमा ल्याउँछौँ”, उहाँले थप्नुभयो, “हाल बजारको माग झण्डै सात हजार लिटर छ तर दुई हजार लिटर अझै अपुग छ । पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आउनुभएका उद्योगीद्वयले हाल काठमाडाैँमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्ने गरेको बताउनुभयो ।

अहिले यहाँका पशुपालक किसानबाट दूध सङ्कलन गरेर सम्भव नहुने भएकाले बुटबलबाट ल्याएर भए पनि प्रतिदिन दुई हजार लिटर बजारमा पुर्‍याइने जानकारी दिँदै उहाँले आगामी दिनमा उद्योगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा पु¥याउने लक्ष्य राखेको छ भन्नुभयो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बुधबार निर्माणाधीन उद्योग अवलोकन गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बचन दिनुभयो । कानूनमन्त्री भण्डारी प्रदेशस्तरीय छापाखानाको सम्भावित क्षेत्र, त्यसको दिगोपन तथा सुरक्षा अवस्था र कृषिमन्त्री केसी निर्माणाधीन दुग्ध उद्योगलगायत कृषिसँग सम्बन्धित उद्योग अवलोकन गर्न औद्योगिक क्षेत्रमा पुग्नुभएको थियो । -रासस