काठमाडौँ, २७ मंसिर निजी कलेजलाई दिइएको सम्बन्धन खारेज गर्न माग गर्दै विद्यार्थी र प्राध्यापकले थालेको आन्दोलनका कारण चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ६ महिनादेखि पठनपाठन ठप्प छ ।
गत असारदेखि आन्दोलनरत उनीहरूले काठमाडौं आएर दबाबमूलक कार्यक्रम सुरु गरेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्ले असार २० गते सातवटा कृषि र एउटा वन विज्ञान विषयमा स्नातक तहका लागि ८ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।
निजी क्याम्पसलाई सम्बन्धन दिएसँगै सुरु आन्दोलनलाई कारण देखाउँदै साउन १४ को मन्त्रिपरिषद् बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध निजी कलेज सञ्चालकले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सम्बन्धन यथावत् राख्न आदेश दियो ।















प्रतिक्रिया