
काठमाडौं, २६ मंसिर । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ ।
ज्ञानेन्द्र मल्लको ललितपुर काठमाडौं किङ्स इलाभेनलाई १० विकेटले हराउँदै प्ले अफ पुग्ने दोस्रो टिम बनेको छ । यसअघि भैरहवा पनि बुधबारकै खेल जित्दै प्ले अफमा पुगेको हो ।
टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ११० रनको सामान्य लक्ष्य ललितपुरले १० ओभर ३ बलमा बिना विकेटको क्षतिमा भेट्टायो । ललितपुरको जितमा भारतीय ब्याट्सम्यान गौरव तोमार र जय किशन कोल्शावालाले पहिलो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे ।
तोमार ८० रनमा अविजित रहँदा कोल्शावालाले २७ रन बनाए । गौरवले ३५ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान केभिन ओ ब्रोएनले सर्वाधिक ४२ रन बनाए । यसअघिका टिम क्याप्टेन सोमपाल कामी भने बुधबारको खेलमा चोटका कारण अनुपस्थित नै रहे ।
जितसंगै ललितपुरले ४ खेलबाट ६ अंक जोडेको छ । ललितपुर अब अन्तिम खेलमा भैरहवासंग खेल्नेछ । काठमाडौंले दुई खेलबाट २ अंक जोडेको छ ।















प्रतिक्रिया