३ कार्तिक २०८३, मंगलबार

२६ प्रतिशत लाभांश दिने सोल्टी होटलको तयारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मंसिर । सोल्टी होटलले आफ्ना लगानीकर्तालाई नगद लाभांश  र बोनस सेयर दिने भएको छ ।

कम्पनीले २६ प्रतिशत लाभांश पारित गराउन पुस २६ गतेलाई साधारणसभा बोलाएको छ ।  होटलले गत आर्थिक बर्षको नाफाबाट १६.३१ प्रतिशत नगद लाभांश  वितरणको प्रस्ताव पारितका लागि साधारणसभामा प्रस्तुत गर्नेछ ।

यसैगरी कम्पनीले प्रत्येक १० कित्ता सेयर बराबर थप एक कित्ताका दरले  (१० प्रतिशत) बोनस सेयर वित्तरण गर्ने विशेष प्रस्ताव समेत साधारणसभामा लैजाने छ । कम्पनीको ४४औ बार्षिक साधारण सभाको प्रयोजनका लागि आजदेखि पुस २६ गतेसम्म सेयर दाखिला खारेज बन्द हुनेछ ।

गत वर्ष (२०७४/०७५) होटलको कुल आम्दानी १.४४ प्रतिशतले बढेको छ । सोल्टी होटलको चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७ सय ४० रुपैयाँ छ । बोनस सेयर वित्तरण पछि होटललको चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।