१० कार्तिक २०८३, मंगलबार

कसले चोर्‍यो पृथ्वीनारायण शाहको तरबार ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २६ मंसिर । देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो ।

‘बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती बाल्ने भीड थियो’, स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।’

तरबार नदेखिएपछि नजिक रहेको देवीघाट प्रहरी चौकीलाई खबर गरेर खोजबिन गर्दा नभेटिएको उनले बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।