
काठमाण्डौं, २५ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनशसनल नेपालसँग सरलीकृत लघुकर्जा दिनेसम्बन्धी सम्झौता गरेको छ ।
मंगलबार एक कार्यक्रमकाबीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिनेसम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले संयुक्त रुपमा हस्ताक्षर गरे ।
सम्झौतापछि शर्माले यो सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्दमीलाई बिनाधितो सरलीकृत कर्जा प्रदान गरिने जानकारी दिए ।
बैंकले कुल ४ हजार ३ सय कृषक एवं महिला उद्दमीलाई ऋण प्रवाहगर्ने, तीन हजारको संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द्रको विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान के्रडिट कार्डर्”को सेवाप्रदान गर्ने उद्देश्य समेत राखेको उनले बताए ।
बैंकले हालसम्म ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९ शाखा रहित काउन्टरमार्फत बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया