
काठमाडौं, २५ मंसिर । अमेरिकी डलरको भाउ फेरि बढेको छ । पछिल्लो केही दिन उतारचढावपूर्ण रहेको डलर भाउ आज बढेर १ बराबर १ सय १४ रुपैयाँ ४५ पैसा पुगेको छ ।
मुलुकको केन्द्रीय बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १४ रूपैयाँ ४५ पैसा बिक्री दर र १ सय १३ रुपैयाँ ८५ पैसा खरिद दर रहेको छ । गत सोमबार, आइतबार, शनिबार र शुक्रबार डलर भाउ १ बराबर १ सय १३ रुपैयाँ ५९ पैसा थियो भने बिहीबार १ सय १३ रुपैयाँ ७५ पैसा पुगेको थियो ।
गत असोज २४ गते इतिहासमै पहिलो पटक डलर भाउ १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर कीर्तिमान कायम गरेको थियो । डलर भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ ।
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको डलर भाउ हिजो सोमबारको दाँजोमा ८६ पैसाले महँगो छ । मंसिर १५ गते डलर भाउ घटेर साढे ३ महिनाअघिकै हाराहारीमा १ बराबर १ बराबर १ सय ११ रूपैयाँ ६५ पैसामा आइपुगेको थियो । साउन २८ गते १ डलरबराबर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।
अमेरिकी डलर संसारभरका मुद्राको दाँजोमा पछिल्लो पटक सबैभन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ अवमूल्यन हुने क्रम जारी छ ।
यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ किनभने भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले मंगलबार १ अमेरिकी डलरबराबर भारु ७१ रुपैयाँ ५३ पैसा रहेको छ ।















प्रतिक्रिया