काठमाडौं, २५ मंसिर । पछिल्लो समय आफ्नै सहयोगी र सहल्लाकारको कारण सरकार बदनाम बन्दै गएको छ । सत्ता र पदको दुरूप्रयोग गर्न थालेपछि सरकारको तिब्र आलोचना हुन थालेको हो ।
प्रधानमन्त्री कार्यालयमा सूचना प्रबिधी तथा आईटी हेर्न राखिएका व्यक्तिले नै शक्तिको दुरूप्रयोग गर्दै गैरकानुनी काम गर्न बाध्य बनाएपछि कर्मचारीहरू यतिखेर आक्रोशित बन्न थालेका छन् । प्रधानमन्त्री कार्यालयमा आईटी हेर्ने अस्गर अलीको कारण दुरसंचार प्राधिकारणका कर्मचारी अहिले आक्रोशित छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
राष्ट्रिय सूचना प्रबिधि केन्द्रका निर्देशक सुनिल पौडेलको सेटिङमा अजगरले ४ करोडको भिडियो कन्भेर्नसिङको काम समेत हात पारेका छन् । प्रधानमन्त्री कार्यालयमा आईटी सहयोगीका लागि नियुक्ति भएका अजगरले पदको दुरूप्रयोग गरेर उक्त ४ करोडको टेण्डर हात पारेको अन्य ठेकदारको आरोप छ ।
उता सूचना प्रबिधि केन्द्रका सुनिल पौंडेल भने पूर्व न्यायधिश कल्याण श्रेष्ठको छोरालाई ३० करोडको काम दिलाएका छन् । ठूलै रकमको चलखेल पश्चात उक्त टेण्डर २०७५ वैशाखमा दिलाएको खुलासा भएको छ । अनलाईन पेमेन्ट सम्बन्धी उक्त टेण्डरको तीस करोड चुक्ता भईसक्दा पनि उक्त प्रबिधिको कार्यन्वयन भने अहिलेसम्म भई सकेको छैन ।
सुनिल पौडेललाई सूचना तथा संचार मन्त्रालय अन्र्तगत सुरक्षण मुद्रण समीतिका कार्यकारी निर्देशक बिकल पौडेलले मन्त्री गोकुल बास्कोटालाई छाँयामा पारेर सहयोग गर्दै आएको स्रोत बताउँछ ।
पौडेल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा निकट मानिन्छन् । राणाको डिजाईनमा ईम्बोस्ड नम्बर प्लेटको टेण्डर कमिटीमा बसेर राणाको योजनामा उनी निकट ठेकदारलाई टेण्डर दिलाउन सफल भएका थिए । दुई करोडको श्रोत नखुलेको सम्पत्ति फेला परेपछि अख्तियारको छानबिनको दायरामा परेका पौडेल तत्कालिन समयमा आरजु राणाकै निगाहमा बचेका थिए ।
अख्तियारका तत्कालिन प्रमुख आयुक्त दिप बस्न्याततको अवकाश हुन तीन दिन अगाडीमात्र पौंडेलको फाईल तामेलिमा राखिएको थियो । उनीमाथि अमेरीकाको ग्रिनकार्ड होल्डर भएको समेत आरोप लागेको छ ।
सञ्चार मन्त्री गोकुल बास्कोटाको सोझोपनको फाईदा उठाउँदै निर्देशक पौंडेलले आईटी व्यवसायीसँग ठूलो रकम उठाएको स्रोतको दाबी छ । अहिले पनि आरजुको योजनामा आईटीका ठेक्काहरू आरजुकै ठेकदारहरूलाई निर्देशक पौंडेलले दिलाउँदै आएको मन्त्रालय स्रोत बताउँछ ।















प्रतिक्रिया