४ कार्तिक २०८३, बुधबार

भैरहवा मेलामा कुस्ती, नेपाली पहलमानसँग भारतीय पराजित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २४ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भैरहवामा जारी सातौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०७५, पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यपार मेलामा हिजो आइतबार देखि महिला तथा पुरुष कुस्ती शुरु भएको छ । कुस्ती प्रतियोगिताको दोस्रो दिन आज सोमबार ११ खेल भएका छन् । जसमा पुरुष कुस्तीतर्फ १० खेल र महिला तर्फ १ खेल गरि जम्मा ११ खेलहरु भएका हुन् । जसमध्ये नेपाली पहलमानसँग भारतका पहलमानको लगातार पराजित भएका छन् ।

सोमबारको खेलमा भारतको मध्यप्रदेशका वीर पहलमानलाई नेपालको विरगंजका हरिहरले पराजित गरे । त्यस्तै अर्को खेलमा नेपालका धर्मेन्द्र पहलमानले भारतको कानपुरका तुफानलाई पराजित गर्दै नेपालीको शान बढाउन सफल भएका छन् । कानपुरका मानसिंह पहलमानलाई गोरखपुरका गोबिन्द पहलमानले पराजित गरे ।

कानपुरका गुड्डु पहलमानले गोरखपुरका राजुलाई पराजित गरे । राजस्थानका अरबिन्द पहलमानलाई गाजीपुरका मोनुले पराजित गरे । हरियाणका मोन्टी पहलमानलाई गाजीपुरका मोनुले पराजित गरे । त्यस्तै महिला तर्फको कुस्ती प्रतियोगितामा बनारसकी तन्नुलाई गोरखपुरकी सरिताले पराजित गरिन् । भने अन्य खेल बराबरीमै टुङ्गिएको खेलकुद तथा कुस्ती व्यवस्थापन संयोजक गंगा सागर अग्रहरीले जानकारी दिए ।

२०६६ सालमा पहिलोपटक भैरहवा मेलामा कुस्ती प्रतियोगिता भित्रिएको आयोजकले जनाएका छन् । मंसिर २३ गते देखि शुरु भएको कुस्ती दंगल प्रतियोगिता मंसिर २६ गते सम्म चल्ने संयोजक अग्रहरीले जानकारी दिए । कुस्ती प्रतियोगिता अन्तर्राष्ट्रिय रेफ्रि प्रकाशचन्द्र शर्माले खेलाएका थिए ।